PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

नयाँ मेयर आउनु अघि नै काठमाडौं र ललितपुरको फोहोर बन्चरेडाँडामा खसाइयो, स्थानीयको विरोध



पहिलोपोस्ट

नयाँ मेयर आउनु अघि नै काठमाडौं र ललितपुरको फोहोर बन्चरेडाँडामा खसाइयो, स्थानीयको विरोध

काठमाडौं : काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन सुरु गरिएको छ। बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो।

नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माण गरेको थियो। लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ।

काठमाडौं महानगरपालिकाले सोमबार राति नै बिसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौंबाट फोहोर पठाइएको थियो। मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाडाँतर्फ पठाइएका छन्।

सोमबार राति शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गरेकी थिइन्। हाल काठमाडौं र ललितपुरबाट एक सय वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाडाँ ल्याण्डफिल साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए। स्थानीयले विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल साइटमा अब निरन्तर फोहोर बिसर्जन गरिने बताइन्।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बोलाएर तत्काल काठमाडौंको फोहोर बिसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्।

काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बताए।

यसअघि सिसडोलमा फोहोर बिसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर उठाएर पठाउन समस्या भएको थियो। काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell