PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सडकमै दाउरा बालेर चिया पकाउँदै हेटौँडामा एमालेले गर्‍यो मूल्यवृद्धिको विरोध



पहिलोपोस्ट

सडकमै दाउरा बालेर चिया पकाउँदै हेटौँडामा एमालेले गर्‍यो मूल्यवृद्धिको विरोध

हेटौँडा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौँडामा विरोध प्रदर्शन गरिएको छ।

नेकपा (एमाले)का जनवर्गीय संगठनहरुको आयोजनामा हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा एमाले जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रदर्शनमा उपस्थित नेता तथा कार्यकर्ताले सरकारले बढाएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आफूहरु निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले हेटौँडाको बुद्धचोकमा दाउरा बालेर चुलोमा चिया पकाउँदै सांकेतिक विरोध जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell