PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

सात घण्टापछि सुरू भयो स्थगित भएको पोखराको मतगणना



पहिलोपोस्ट

सात घण्टापछि सुरू भयो स्थगित भएको पोखराको मतगणना

पोखरा : सात घण्टादेखि स्थगित भएको पोखराको मतगणना सुरु भएको छ। नेकपा एमालेका प्रतिनिधि मतगणना स्थलमा नआएपछि बाँकी रहेको वडा नम्बर २२, ३२ र ३३ को गणना सुरु भएको छ।

एमालेका प्रतिनिधिले मतगणनास्थल छाड्नु अगाडि वडा नम्बर १८ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएका थिए। खसेको ४ हजार ३४८ मतमा ९ मत हराएको भन्दै एमालेले फेरि मतगणना गर्नुपर्ने माग गरेको हो।

दिउँसो पौने १२ बजेदेखि स्थगित भएको मतगणना वडा १८ को विषयलाई कानुनी प्रक्रियामा लैजाने सहमति जुटेपछि अहिले सात घण्टापछि सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार यो विवादलाई कानुन अनुसार समाधान गर्न अघि बढाइने छ।

निर्वाचन कार्यालयले दिएको पछिल्लो नतिजा अनुसार पोखरामा १ लाख ४३ हजार २२६ खसेको मतमा अहिलेसम्म १ लाख ३९ हजार ४११ मतगणना भएको छ। प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५७०७२ मत ल्याउदा एमालेका कृष्ण थापाले ५१५८७ मत ल्याएका छन्।

यस्तै उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले ५५०८० मत ल्याउदा एमालेकी मञ्जु गुरुङले ५९०९० मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell