PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बलात्कारका घटनामा हदम्यादको विरुद्ध हेटौंडामा प्रदर्शन



पहिलोपोस्ट

बलात्कारका घटनामा हदम्यादको विरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडा : बलात्कारका घटनामा उजुरीका लागि हदम्यादको व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ। 

८ वर्षअघि बलात्कारमा परेकी किशोरीले आफूसँग भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेसँगै अहिले हदम्यादको विषय चर्चामा छ।

प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। हदम्यादको कारण आरोपी छुट्न सक्ने भन्दै अहिले उक्त प्रावधान नै खारेजीको माग भइरहेको छ।

यसैक्रममा वाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन भएको हो। हेटौंडाको मुख्य चोकमा पीडकलाई सजायको माग गर्दै प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले बलात्कारको उजुरी दिन हदम्याद हटाउन माग गरेका हुन्।

 

कार्यक्रममा महिलाहरु बलात्कार विरुद्ध कालो पोसाकमा सडकमा उत्रिएका थिए। उनीहरुले 'अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ' भन्दै नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell