PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोखरा महानगरपालिकामा धनराजको जितले गरायो सूर्यको तेज निस्तेज



रिना थापा

पोखरा महानगरपालिकामा धनराजको जितले गरायो सूर्यको तेज निस्तेज

पोखरा : मध्यरातमा आएको नतिजाको अन्तिम अंकसँगै पोखरा महानगरपालिकामा धनराज आचार्यको कमलले कृष्ण थापाको सूर्यको तेज निस्तेज पारिदिएको छ। अन्तिम मत परिणाम अनुसार ५८ हजार ८ सय ९३ मत सहित पोखरा महानगरपालिकाका मेयरमा आचार्यले जित निकालेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका लागि उनले गठबन्धनबाट निकालेको जितले उनको दललाई सबैभन्दा धेरै राहत दिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नमिठो धक्का।

आचार्यलाई पछ्याएका एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत हासिल गरे। पोखरामा मेयरका बाँकी कुनै पनि उम्मेदवारले जमानत जोगाउन सकेनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५ हजार ६ सय ७४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत जोडे।

मेयरमा हार भोगेको नेकपा एमालेका लागि मञ्जुदेवी गुरुङले सान्तोना जित दिएकी छिन्। पोखरा महानगरको उप प्रमुखमा गुरुङले ६० हजार ५ सय ४६ मत सहित जित निकालेर आफूलाई अब्बल नेताका रुपमा स्थापित गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन्। उप प्रमुखमा राप्रपाका रञ्जना सेनले ५ हजार ९९ मत ल्याइन्।

पोखरा महानगरमा जम्मा मतदाता २ लाख ७ हजार ७ सय १२ रहँदा १ लाख ४३ हजार २२६ (६८.९५%) मत खसेको थियो। जसमा पुरुषको मत ६६ हजार ५ सय ६६ छ भने महिलाको ७६ हजार ६ सय २० खसेको थियो।

गठबन्धनको विजय र्‍याली तथा धन्यवाद कार्यक्रम आज १२ बजे प्रर्दशनी केन्द्रमा हुँदैछ। सम्बोधन वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दैछन्। यस्तै एमालेको विजय र्‍याली ११ बजे हुने बताइएको छ।

कुन वडामा कसको नेतृत्व?

पोखरा महानगरको ३३ वडामध्ये ९ वटा वडामा एमालेले जित हासिल गरेको छ। अघिल्लो निर्वाचनमा २२ वटा वडा जितेको एमाले अहिले ९ वटा वडामा खुम्चिएको हो। 

वडा १ मा एमाले
वडा १ मा एमालेका साहरा प्रधान ४१ मतले विजयी भएका छन्। प्रधानले १ हजार १ सय ४५ मत ल्याउँदा कांग्रेसकी सिता गुरुङले १ हजार १ सय ४ मत ल्याइन्। 

वडा २ मा कांग्रेस
वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्ग २ सय ७८ मत सहित विजयी भए। उनले ९ सय ३९ मत पाउँदा एमालेका दिपक शाहले ६ सय ६१ मत प्राप्त गरे। 

वडा ३ मा कांग्रेस
वडा नम्बर ३ मा कांग्रेसका प्रकाशमान उदास ५ सय ८ मत सहित विजयी भए। उनले  १ हजार १ सय २४ मत ल्याउँदा एमालेका विष्णुशंकर ख्वाउजुले ६ सय १६ मत ल्याए। 

वडा ४ मा कांग्रेस
यस वडामा  कांग्रेसका देवकृष्ण पराजुली ६६ मत सहित विजयी भए। उनले ८ सय २० मत ल्याउँदा एमालेका मदन कुमार मुल्मीले ७ सय ५४ मत ल्याए। 

वडा ५ मा एमाले
यस वडामा एमालेका विष्णुप्रसाद बराल ९ सय ७१ मत सहित विजयी भए। उनले १ हजार ९ सय ७२ मत ल्याउँदा कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत प्राप्त गरे। 

वडा ६ मा एमाले
वडा ६ मा एमालेका विष्णुबहादुर भट्टराई १ सय ६७ मत सहित विजयी भए। उनले १ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका जगतबहादुर पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे। 

वडा ७ मा कांग्रेस
वडाध्यक्षमा कांग्रेसका राम मोहन आचार्य ९९ मत सहित विजयी भए। उनले १ हजार ३ सय ८३ मत प्राप्त गर्दा एमालेका किशोर बरालले १ हजार २ सय ८४ मत ल्याए। 

वडा ८ मा एमाले
एमालेका रुद्रनाथ बराल ६ सय ५२ मत सहित विजयी भए। उनले २ हजार १ सय ४० मत ल्याउँदा कांग्रेसका शारदा गिरीले १ हजार ४ सय ८८ मत प्राप्त गरिन्। 

वडा ९ मा कांग्रेस
यस वडामा कांग्रेस दिपेन्द्र मर्सानी ७ सय १९ मत सहित विजयी भए। उनले १ हजार ५ सय ७४ मत ल्याउँदा एमालेका प्रेम बहादुर गुरुङले ८ सय ५५ मत ल्याए।

वडा १० मा कांग्रेस
वडा १० मा कांग्रेस उम्मेदवारहरु विजयी भए। वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन्। एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए। 

वडा ११ मा कांग्रेस
यस वडा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य ३ सय ५८ मतले विजयी भए। उनले १ हजार ९ सय ६० मत प्राप्त गर्दा एमालेका मिन बहादुर गुरुङले १ हजार ७ सय १० मत प्राप्त गरे। यहाँ प्यानल नै कांग्रेसले जित्यो। 

वडा १२ कांग्रेस
वडा १२ को वडा अध्यक्षमा कांग्रेसका सन्तोष बास्तोला  ७२ मतले विजयी भए। उनले १ हजार १ सय ८५ ल्याउँदा एमालेका देशभक्त केसीले १ हजार १ सय १३ मत ल्याए। 

वडा १३ मा कांग्रेस
यस वडामा  कांग्रेस किरण बराल ७ सय ६ मतले विजयी भए। उनले २ हजार ९ सय ४० मत प्राप्त गर्दा एमाले बसन्तराज बराल २ हजार २ सय ३४ मत प्राप्त गरे। 

वडा १४ मा कांग्रेस
वडा अध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की १ हजार ५ सय ३६ मतले विजयी भए। उनले ३ हजार २ सय ९० मत ल्याउँदा एमालेका डेलबहादुर गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे।

वडा १५ मा एमाले
यहाँ एमालेका तोरणबहादुर बानिया विजयी भएका छन्। बानियाले कांग्रेसका मिनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन्। बानियाँले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे। 

वडा १६ मा कांग्रेस 
यहाँ कांग्रेसका अमृत शर्मा तिमिल्सिना १ सय ४८ मतले विजयी भए। उनले ३ हजार ३ सय १८ मत ल्याउँदा एमालेका राजेश गुरुङले ३ हजार १ सय ७० मत प्राप्त गरे। 

वडा १७ मा एमाले 
यहाँ एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा राधिका कुमारी शाही ८३ मतले विजयी भइन्। उनले २ हजार ६ सय २५ मत प्राप्त गर्दा कांग्रेसका देवराज आचार्यले २ हजार ५ सय ४२ मत प्राप्त गरे। 

वडा १८ मा कांग्रेस
यहाँ कांग्रेसका शिव प्रसाद तिमिल्सिना ३ मतले विजयी भए। उनले १ हजार ६ सय ४३ मत प्राप्त गर्दा एमालेका पुष्कल बहादुर थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे। यहाँ पुन: गणनाको माग पनि छ।

वडा १९ मा कांग्रेस 
यहाँ कांग्रेसका पुष्पेन्द्र पाण्डे ५१ मतले विजयी भए। उनले २ हजार ५ सय ५४ मत प्राप्त गर्दा एमालेको इमानराज पौडेलले २ हजार ५ सय ३ मत प्राप्त गरे। 

वडा २० मा एमाले 
यस वडामा एमालेका गंगा बहादुर खत्री २ सय ७ मतले विजयी भए। उनले १ हजार २ मत प्राप्त गर्दा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे। यहाँ प्यानल नै एमालेको आयो।

वडा २१ मा एमाले
एमालेका दिपक प्रसाद सुवेदीले २ हजार ६ सय ५३ मत प्राप्त गर्दा समाजवादीका पुर्ण बहादुर थापाले १ हजार ८ सय ११ मत ल्याए। यहाँ प्यानल नै एमालेले जितेको छ। 

वडा २२ मा स्वतन्त्र  
यस वडामा गठबन्धनको सर्मथनमा उठेका हिमलाल बराल विजयी भएका छन्। बरालले १ हजार ८७२ ल्याउँदा एमालेका प्रकाशचन्द्र गुरुङले १ हजार ७५२ मत पाए। 

वडा २३ मा कांग्रेस 
कांग्रेसका रामकाजी गुरुङ १ सय १२ मतले विजयी भए। उनले १ हजार ४ सय ८५ ल्याउँदा एमालेका शिवलाल पराजुलीले १ हजार ३ सय ७३ मत ल्याइन्।

वडा २४ कांग्रेस
कांग्रेसका भरतबहादुर अधिकारी ३ सय २७ मतले विजयी भए। उनले २ हजार १ सय ३१ मत ल्याउँदा एमालेका रामचन्द्र थापाले १ हजार ८ सय ४ मत ल्याए। 

वडा २५ मा कांग्रेस       
कांग्रेसका मोतिलाल तिम्सिना २३ मतले विजयी भए। उनले २ हजार २ सय ६६ मत प्राप्त गर्दा एमालेका तीर्थबहादुर थापाले २ हजार २ सय १३ मत प्राप्त गरे। 

वडा २६ मा कांग्रेस  
कांग्रेसका नरेन्द्र थापा १ हजार १५ मतले विजयी भए। उनले २ हजार ७ सय ६५ मत ल्याउँदा एमालेका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत ल्याए। 

वडा २७ मा कांग्रेस
वडा २७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पूर्ण कुमार गुरुङ ४ सय ९४ मतले विजयी भए। उनले २ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका सुर्यमणि लामिछानेले १ हजार ९ सय ४० मत ल्याए।

२८ मा कांग्रेस 
कांग्रेसका श्री कृष्ण लामिछाने १ सय ५२ मतले विजयी भए। उनले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका बैन बहादुर गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे। 

२९ मा एमाले 
यस वडामा एमालेको प्यानलै विजयी भएको छ। वडाध्यक्षमा  एमालेका श्रीप्रसाद गुरुङ ३ सय ७५ मतले विजयी भए। उनले २ हजार ४९ मत प्राप्त गर्दा कांग्रेसका सुदेव गुरुङले १ हजार ६ सय ७४ मत प्राप्त गरे। 

२९ मा कांग्रेस
यस वडामा कांग्रेसका दुर्गा प्रसाद सुवेदी २ हजार ३ सय ५९ मत ल्याउदै विजयी हुँदा एमालेका सोमनाथ बास्तोलाले २ हजार १ सय ४९ ल्याए । 

३१ मा  कांग्रेस 
कांग्रेसका ढकनाथ कंडेल १ हजार ८ सय ९८ मतले विजयी भए। एमालेका चिरञ्जीवि बन्जराले १ हजार ७ सय ३७ मत प्राप्त गरे।

३२ मा कांग्रेस
कांग्रेसका अक्कलबहादुर कार्की १७ मतले विजयी भएका छन्। अघिल्लो पटक समेत वडा अध्यक्ष जितेका उनले ३ हजार ३ सय ८९ मत ल्याउँदा एमालेका खमबहादुर पुनले २ हजार ६३३ मत प्राप्त गरे।

३३ मा कांग्रेस
कांग्रेसका रामचन्द्र अधिकारी ७५६ मतले विजयी भएका छन्।  उनले ३ हजार ३ सय ८९ मत ल्याउँदा एमालेका शिवाप्रसाद आचार्यले २ हजार ६३३ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell