PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

टेक्ससको एक प्राथमिक स्कुलमा गोली हानेर कम्तिमा १८ बालबालिकाको हत्या!



पहिलोपोस्ट

टेक्ससको एक प्राथमिक स्कुलमा गोली हानेर कम्तिमा १८ बालबालिकाको हत्या!
BBC

एकजना हतियारधारीले अन्धधुन्ध गोली चलाउँदा कम्तिमा १८ जना स्कुले बालबालिका मारिएका छन्।

टेक्ससको एक विद्यालयमा आततायी आक्रमण भएको हो। यसै साताबाट गर्मीको बिदा सुरु हुँदै थियो। टेक्ससको सान एन्टियो भन्दा ८० माइल दुरीमा रहेको युभाल्टीको रोब इलिमेन्ट्री स्कुलमा यस्तो घटना भएको हो। टेक्ससका गभर्नरले दिएको जानकारी अनुसार गोली चलाउने १८ वर्षीय किशोर साल्भाडोर रोमस हुन्। उनीसँग ह्यान्ड गन र एआर-१५ राइफल थियो। गोली चलाउने किशोरको पनि मृत्यु भएको छ।

मारिने बालबालिका ७ देखि १० वर्षका छन् जो दुई तीन र चार कक्षामा पढ्थे।

यस घटनाले सन् २०१२ को यस्तै पुरानो हत्याकाण्डलाई सम्झाइदिएको छ जसबेला २० स्कुले विद्यार्थी र ६ जना त्यहाँ कार्यरत कर्मचारी गोलीको सिकार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell