PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

क्रिकेट खेलाडीको तलब बढ्यो, पुरुष खेलाडीको १० हजार र महिला खेलाडीको ५ र ६ हजारले बढ्यो



पहिलोपोस्ट

क्रिकेट खेलाडीको तलब बढ्यो, पुरुष खेलाडीको १० हजार र महिला खेलाडीको ५ र ६ हजारले बढ्यो

काठमाडौं : नेपाली क्रिकेट टोलीका खेलाडीहरुको तलब वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो।

क्यानको निर्णय अनुसार सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष खेलाडीको १० हजारले तलब बढ्नेछ भने महिला क्रिकेट टिमको सी ग्रेडमा रहेका खेलाडीको ५ हजार र बी र ए ग्रेडमा रहेका खेलाडीको ६ हजारले तलब बढ्ने छ। त्यस्तै सम्पूर्ण कर्मचारीको पनि तलब बढाइएको क्यानले जनाएको छ।

'राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ। महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक रु ५ हजार, बि र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गरिएको छ,' क्यानको निर्णयमा भनिएको छ, 'त्यसैगरि, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक रु ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक रु ५ हजारले वृद्धि गरिएको छ भने टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गरिएको छ।'

सेन्ट्रल कन्ट्राक्टमा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्दै आएका छन् भने महिलातर्फ ए, बी र सी ग्रेडमा रहने खेलाडीहरुले क्रमश १५, १२ र १० हजार प्राप्त गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell