PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

सेन्ट लरेन्स कलेज शिक्षक प्रकरण : दुई जना शिक्षकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



पहिलोपोस्ट

सेन्ट लरेन्स कलेज शिक्षक प्रकरण : दुई जना शिक्षकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई यौन दुरूपयोग गरेको अभियोगमा पक्राउ परेका शिक्षकविरुद्ध अनुसन्धान गर्ने प्रहरीले अदालतबाट अनुमति पाएको छ।

प्रहरीले मंगलवार दुई शिक्षकलाई पक्राउ गरेको थियो। कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी रहेका छन्।

मंगलवार शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेला भई नाराजुलुस गरेपछि  प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध बालयौन दुरुपयोग मुद्दामा ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell