
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच सुरुदेखि नै तीव्र प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८९८ मत अन्तरले अगाडि छन्। खाणले २० हजार २५३ मत पाउँदा एमालेका चापागाईंले १९ हजार ३५५ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।
उपप्रमुखमा भने सुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरी अगाडि छिन्। उनले १९ हजार ४० मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छिन्। पाण्डेले ९ हजार ४११ ल्याएका छन्। तिलोत्तमामा जम्मा ६४ हजार मत खसेकोमा अहिलेसम्म ५३ हजार ४७३ मत गणना भएको छ।
तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, १०, ११, १२, १३, १४ १५, १६ र १७ को अन्तिम परिणाम आइसकेको छ। ति वडामध्ये वडा नम्बर १, ४, ७, १०, १२ र १५ मा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, ६, ११, १३, १४, १६ र १७ मा कांग्रेसले विजय हासिल गरेको छ।