PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक, गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक, गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनमा गठबन्धनको परिणाम सकारात्मक देखिएको बताएका हुन्।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको बताएका हुन्।

‘गठबन्धनका परिणाम सकारात्मक देखिएको छ। आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्छ,’ उनले भने।

कार्यक्रममा उनले जनभावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन्। जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न उनले आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell