PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दाङमा एमालेले जोगायो दुवै उपमहानगरपालिका, तुलसीपुरमा आए टीकाराम



पहिलोपोस्ट

दाङमा एमालेले जोगायो दुवै उपमहानगरपालिका, तुलसीपुरमा आए टीकाराम

दाङ : नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका सुरक्षित गरेको छ। घोरही उपमहानगरपालिका जित निकालिसकेको एमालेका लागि तुलसीपुरमा टीकाराम खड्का विजयी हुँदा दुवै नगरमा नेतृत्व सुरक्षित गरेको हो।

मेयरमा खड्का र उपप्रमुखमा एमालेकै स्यानी चौधरी विजयी भए।

नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै खड्काले जित निकालेका हुन्। गिरी गठबन्धनबाट उम्मेदवार थिए। खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे। कांग्रेसका गिरी २७ हजार ७१७ मत पाए।

उपप्रमुखमा चौधरीले एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले पछि पारिन्। चौधरीले ३० हजार ५९७ मत ल्याउँदा रानाले २१ हजार ६५ मत ल्यइन्।
तुलसीपुरमा यसअघि एमालेकै घनश्याम पाण्डे मेयर थिए।

यता घोरहीमा नरुलाल चौधरीले मेयरमा जित निकालेर उपमहानगरपालिकामा एमालेलाई सुरक्षित गराइसकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell