PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

आफ्नो अठारौं जन्मदिनको दिन किनेका थिए बन्दुक जसले आज १९ स्कुले नानी र दुई शिक्षकको लियो ज्यान



पहिलोपोस्ट

आफ्नो अठारौं जन्मदिनको दिन किनेका थिए बन्दुक जसले आज १९ स्कुले नानी र दुई शिक्षकको लियो ज्यान
Photo : Reuters

टेक्ससमा १९ जना स्कुले नानी र दुई शिक्षकलाई गोली हानेर हत्या गरेको घटनाले अमेरिका मात्र होइन विश्व नै स्तब्ध भयो। सात देखि १० वर्ष उमेर समूहका बालबालिका एक जना १८ वर्षीय किशोरको गोलीको सिकार भए। साल्भाडोर रामस नामका ती युवकले आफ्नो १८ औं जन्मदिनका दिन बन्दुक किनेको खुलेको छ। सिनेटर रोलान्ड गुटेरेजका अनुसार उनले आफ्नो जन्मदिनकै दिन बन्दुक किनेका हुन्।

करिब ५ सय जना साना नानीहरु पढ्ने स्कुलमा गोली लिएर वितण्डा मच्चाउनु अघि ती किशोरले आफ्नै हजुरआमामाथि गोली प्रहार गरेका थिए। अमेरिकी मिडियलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार मारिने दुई शिक्षकहरु इभा मिरलेस र इरमा गार्सिया छन। यसले अमेरिकाकै हुक स्कुलमा एक दशक अघि २० जना विद्यार्थी र ६ जना अन्यको ज्यान लिने गरी भएको गोलीकाण्डलाई सम्झाइदिएको छ।

गोली चलाउने साल्भाडोर रामसको घटनास्थलमै गोलीका कारण मृत्यु भएको छ। जुन ठाउँमा गोलीकाण्ड भयो त्यो बस्ती ल्याटिन अमेरिकीहरुको बाक्लो बस्ती भएको क्षेत्र हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell