PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

इन्धन र ग्यासको विस्थापन गर्न सरकारले तयारी गरिरहेको छ : संचारमन्त्री कार्की



पहिलोपोस्ट

इन्धन र ग्यासको विस्थापन गर्न सरकारले तयारी गरिरहेको छ : संचारमन्त्री कार्की
तस्विर : संचार मन्त्रालय

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको प्रयोग घटाउने दिशामा सरकारले नीति बनाइरहेको बताएका छन्। बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले वैकल्पिक उर्जाको प्रयोग बढाउनेबारेमा विचार व्यक्त गरेका हुन्।

अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको उनको दाबी थियो।

कार्कीले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए। आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको उनले सुनाए।

‘अहिले जुन किसिमले उर्जाको उत्पादन भइरहेको छ यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चल्ने गाडीहरु र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अघि बढ्ने सरकारको नीति छ,’ उनले भने, ‘हिजोको नीति कार्यक्रमलाई एकपटक पल्टाएर हेर्ने हो भने पनि त्यहाँ स्पष्ट बोलिएको छ। हामी आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्नेछौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell