काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक देशको आवश्यकता रहेको बताएका छन्।
संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकता समस्या धेरै भएकोले त्यसको समाधानका लागि विधेयक आवश्यक रहेको बताएका हुन्।
‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्छ। नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो। हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित गर्ने दिशामा सरकारको सोच छ,’ उनले भने।
नागरिक विधेयक नआउँदा नागरिकताको समस्याबाट समाज गुज्रिरहेको अनुभुति आफूलाई पनि भएको उनले बताएका छन्।
‘नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर यो समस्याबाट देशलाई हामीले मुक्त गराउन जरुरी छ,’ उनले भने।