PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

माओवादी केन्द्रले जेठ १८ र १९ गते स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने



पहिलोपोस्ट

माओवादी केन्द्रले जेठ १८ र १९ गते स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहमा नवनिर्वाचित प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा तालिम सञ्चालन गर्ने निर्णय गरेको हो।

साथै, बैठकले जेठ २० गते पार्टी केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गर्ने र केन्द्रीय समितिको अर्को बैठक २०७९ असार १५ मा आयोजना गर्ने पनि निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell