PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फाइनल प्रवेशका लागि बेङ्ग्लोरले राजस्थानसँग प्रतिस्पर्धा गर्ने, लखनउ बाहिरियो



पहिलोपोस्ट

फाइनल प्रवेशका लागि बेङ्ग्लोरले राजस्थानसँग प्रतिस्पर्धा गर्ने, लखनउ बाहिरियो
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न एलिमिनेटरको खेलमा लखनउलाई हराउँदै बेङ्ग्लोरले उपाधि होडको सम्भावनालाई कायमै राखेको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १४ रनको जित निकालेको हो।  

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। बेङ्ग्लोरका लागि रजत पटिडरले शतकीय पारि खेल्दै सर्वाधिक अविजित ११२ रन बनाउँदा दिनेश कार्तिक ३७ रनमा अविजित रहे। त्यस्तै बिराट कोहलीले २५ तथा महीपाल लोमरोरले १४ रन बनाए। बलिङतर्फ लखनउका मोहशिन खान, क्रुणाल पाण्ड्या, अवेश खान र रबि विश्नोइले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउ ६ विकेट गुमाउँदै १९३ रनमा समेटियो।  जसका लागि कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाउँदा दीपक होडाले ४५ रन बनाए। त्यस्तै मनन बोह्राले १९ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुडले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद सिराज, वानिन्दु हसरंगा डी सिल्भा र हर्षल पटेलले समान १ विकेट लिए। 

योसँगै लखनउ उपाधि होडबाट बाहिरिएको छ भने बेङ्ग्लोरले अब फाइनल प्रवेशका लागि क्वालिफायर्समा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात टाइटन्सले भने यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell