PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ बारे संसदमा ओलीको 'क्लास'



पहिलोपोस्ट

नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ बारे संसदमा ओलीको 'क्लास'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नीति तथा कार्यक्रममार्फत जनतालाई अल्मल्याउने काम भएको बताएका छन्। हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बोल्दै उनले सरकारको आलोचना गरेका हुन्।

गठबन्धन आफैँ नबनेको नीति तथा कार्यक्रमबाटै प्रष्ट भएको उनको भनाइ थियो।

‘मस्यौदा हेर्दा थप प्रभावकारी बनाउने, सवलिकरण गर्ने, विशेष योजना ल्याइने, थप विश्वसनीय बनाउने, प्रोत्साहन बनाउने जस्ता शब्दजाल प्रयोग गरेर जनता अल्मल्याउने काम गरिएको छ। के गर्ने? कति समयमा गर्ने? कुन समस्या समाधान हुन्छ? भन्ने कुराहरुको मतलब छैन,’ ओलीले भने।

नीति तथा कार्यक्रमको १३६ औं नम्बर बुँदामा लेखिएको ‘प्रवर्द्धनात्मक’ शब्दप्रति ओलीले सरकारलाई घेरेका छन्। उक्त बुँदामा ‘भ्रष्टाचारको उच्च जोखिमका क्षेत्र, निकाय र पदीय जिम्मेवारीको विश्लेषण गरि प्रभावकारी अनुगमन र निगरानी गर्दै निरोधात्मक, उपचारत्मक तथा प्रवर्द्धनात्मक उपाय अवलम्बन गर्ने’ उल्लेख छ।

यसैबारेमा ओलीले प्रवर्द्धन गर्नु भनेको भ्रष्टाचार बढाउनु हो भनेर प्रश्न गरेका हुन्।

‘भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ। भ्रष्टाचार प्रवर्द्धानात्मक भनेको त अघि बढाउने होला। भन्न मन त थिएन राष्ट्रपतिमार्फत् आएको नीति कार्यक्रमको छलफल गरौं भन्नु भएकोले मात्र भनेको हो। यस्तो वाक्य संरचना भएको 'अर्थ न वर्थ गोबिन्द गाइँ' दस्तावेज अहिले बजेट पूर्व संकेतका रुपमा आएको छ। यसभित्र अन्तर्निहीत पपुलिस्त, गैरजिम्मेवार, अनुत्तरदायी प्रवृत्ति बजेटले पुष्टि गर्ने देखिएको छ। यसलाई सत्ता पक्षले गलत पुष्टि गरोस,’ उनले भने।

ओलीले महाभारतको कथा बताउँदै शेरबहादुर देउवा नेतृत्वको सरकार पैसा फालेर ल्याइएको सरकार भएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell