PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आरजुको ‘अफर’ मा ओलीको ‘कमेन्ट’ : मानौ पार्टी प्राइभेट लिमिटेड हो



पहिलोपोस्ट

आरजुको ‘अफर’ मा ओलीको ‘कमेन्ट’ : मानौ पार्टी प्राइभेट लिमिटेड हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदातालाई गठबन्धनकै नेताहरुले धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाले डडेलधुरामा ‘बजेट नदिने, विदेश पठाउने’ भनेर गरेको भाषण प्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस 'प्राइभेट लिमिटेड' बनेको बताएका हुन्।

भने, ‘जनतालाई समेत धम्काइयो भने कार्यकर्ता के भयो र? कांग्रेसको नेतृत्वबाटै के आयो भने मैले तोकेको अर्को पार्टीलाई भोट दिनु नत्र पार्टीबाट कारवाही गर्छु। मानौ पार्टी प्राइभेट लिमिटेड हो।’

सत्तापक्षले आम मतदातासँगै प्रतिपक्षलाई धम्की आएको उनको आरोप थियो। प्रतिपक्षमाथि चुनावमा आक्रमण हुँदा पनि प्रशासन माथिको आदेशबाट चुपचाप बसेको उनले बताए। गठबन्धनका उम्मेदवारलाई सरकारी उम्मेदवार सरह नै प्रस्तुत गरिएको उनले बताए।

‘राष्ट्रसेवकलाई कुकर्म गर्न गलत हिसाबले परिचालन गर्ने काम भयो। दु:खद कुरा होला लोकतन्त्रका लागि। गठबन्धनलाई भोट नदिए सुरक्षा र राज्यका तर्फबाट दिने कुनै सेवा सुविधा नदिने भनेर पीडा र भय दिने काम भयो। गठबन्धनले उठाएको उम्मेदवारलाई सरकारी उम्मेदवार बनाएर भोट दिन लगाउने काम भयो,’ उनले भने।

ओलीले निर्वाचनको क्रममा वृद्धवृद्धा र अशक्त मतदाताको मत गठबन्धन पार्टीका कार्यकर्ताहरुले हालेको समेत आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell