PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौं महानगर वडा १६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी, सदस्यमा सबै एमाले



पहिलोपोस्ट

काठमाडौं महानगर वडा १६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी, सदस्यमा सबै एमाले

काठमाडौं : काठमाडौँ महानगरपालिका वडा १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्।

रिजालले ४ हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष रिजाल पदमा विजयी भएका हुन्। वडा अध्यक्षमा विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मी तुलाधरले ३ हजार ३१० मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले  १ हजार ५८९ मत प्राप्त गरे।

यस्तै, चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell