PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मेघराज केसी यू-२० फुटबल टोलीको प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

मेघराज केसी यू-२० फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिसमा केसीलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।

शहीद स्मारक ए डिभिजन लिगमा केसीले यसअघि सातदोबाटो युथ क्लबलाई प्रशिक्षण दिएका थिए। यू-२० टोलीको प्रशिक्षकमा नियुक्त भएसँगै केसीले अब जुलाइ २५ देखि अगस्ट ३ सम्म भारतमा हुने यू-२० च्याम्पियनसिपमा केन्द्रीत हुने बताए। त्यसपछि एएफसी यू-२० एसियन कप छनोटको तयारी गर्ने बताए।

साफ यू-२० मा नेपालले जुलाई २५ मा माल्दिभ्स, जुलाइ २७ मा श्रीलंका तथा जुलाइ ३१ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अगस्ट २ मा समूह चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ।

त्यस्तै, एएफसी यू-२० एसियन कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटान रहेको समूहमा छ। यो प्रतियोगिता सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell