PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु



पहिलोपोस्ट

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु
तस्विर : भक्तपुर नगरपालिका

काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयुकेएल’ भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा पानी वितरण आयोजनाको सुरुवात गरेका हुन्।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको बताए। स्थानीय तह निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको उनले बताएका छन्।

विगत २० वर्षदेखि भक्तपुरका कोर क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell