PahiloPost

Jul 14, 2026 | ३० असार २०८३

एकीकृत समाजवादीले काठमाडौं महानगरमा खोल्यो खाता, वडा १५ मा 'क्लिन स्वीप' !



पहिलोपोस्ट

एकीकृत समाजवादीले काठमाडौं महानगरमा खोल्यो खाता, वडा १५ मा 'क्लिन स्वीप' !
Photo : Naresh Neupane

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं १५ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल विजयी भएका छन्।

३ हजार ४७६ मत प्राप्त गरी डंगोल दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत प्राप्त गरे। यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडा सदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन्।

डंगोल वडा अध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडा अध्यक्ष जितेको छ। वडा १६ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र जीवनराम श्रेष्ठको राम्रो पकड रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell