PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कांग्रेसका खाण ८४५ मतले अगाडि



पहिलोपोस्ट

तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कांग्रेसका खाण ८४५ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणना अन्तिम चरणमा आउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले ८४५ मतले अग्रता कायम गरेका छन्।

मतगणनाको सुरुदेखि नै कांग्रेसका खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार खाणले २३ हजार ३२२ मत पाउँदा एमालेका चापागाईंले २२ हजार ४७७ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।

उपप्रमुखमा भने सुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरी अगाडि छिन्। उनले २२ हजार १६ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छिन्। पाण्डेले ११ हजार २६ मत ल्याएका छन्।

तिलोत्तमामा जम्मा ६४ हजार मत खसेकोमा अहिलेसम्म ६१ हजार ७१५ मत गणना भएको छ। वडा नम्बर ७, ८ र ९ को मतगणना जारी छ। जसमध्ये वडा नम्बर ७ र ८ मा एमालेको अग्रता छ भने ९ मा कांग्रेसको अग्रता छ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर १, ४, १०, ११, १२ र १५ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, ६, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell