PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरालाई पर्यटकीय राजधानी बनाउन केन्द्रलाई महानगरले पत्र पठाउने, ‘सिम्बोल अफ पोखरा’ बनाइने



पहिलोपोस्ट

पोखरालाई पर्यटकीय राजधानी बनाउन केन्द्रलाई महानगरले पत्र पठाउने, ‘सिम्बोल अफ पोखरा’ बनाइने

पोखरा : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई पोखरा महानगरले पत्र पठाउने भएको छ। पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीवार पदभार ग्रहण गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई पत्र पठाउने निर्णय गरेका हुन्।

यस्तै, प्रमुख आचार्यले न्यून आय भएका परिवारका बच्चालाई आगामी आर्थिक वर्षदेखि पोषण भत्ता दिने निर्णय पनि गरेका छन्। उनले पोखरा चिनाउनका लागि 'सिम्बोल अफ पोखरा' बनाउने निर्णय पनि गरेका छन्।

यसका लागि महानगरले एक महिनाको समयवधि दिनेछ। उत्कृष्ट डिजाइन गर्नेले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell