PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले गर्‍यो बदर, श्रीमतीको हत्या अभियोगमा ८ वर्ष बसेका थिए जेलमा



पहिलोपोस्ट

रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले गर्‍यो बदर, श्रीमतीको हत्या अभियोगमा ८ वर्ष बसेका  थिए जेलमा
फाइल फोटो।

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ।

काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते बिहीवार छुटेका थिए। सर्वोच्चका तत्कालिन प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो।

सो फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको थियो। सर्वोच्चले अघिल्लो फैसलालाई उल्टाउँदै सजाय घटाउने फैसलालाई बदर गरेको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला)लाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगेका थिए। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गरेको थियो।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले कोइरालाको साढे ११ वर्ष कैद मिनहा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell