PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

वीरगंजका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए पद तथा गोपनीयताको सपथ



पहिलोपोस्ट

वीरगंजका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए पद तथा गोपनीयताको सपथ

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंजका जनप्रतिनिधिहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित समारोहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका हुन्।

पर्साका मुख्य न्यायाधीश तथा वीरगंज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगंजका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई शपथ ग्रहण गराएका थिए। जसपाका नेता समेत रहेका मेयर सिंहले उपमेयरमा निर्वाचित नेपाली काग्रेसका नेता इम्तियाज आलमलाई शपथ ग्रहण गराएका थिए।

त्यसपछि मेयर सिंहसमक्ष ३२ वडाका ३२ वडाध्यक्ष तथा १२८ जना वडा सदस्य (नगर परिषद् सदस्य) गरी कुल १६० जनाले शपथ लिएका थिए। वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षता तथा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell