PahiloPost

Jul 14, 2026 | ३० असार २०८३

बाजुराको बुढीगंगामा पुनः मतदान गर्ने आयोगको निर्णय, सिडिओ र प्रहरीलाई कारबाही सिफारिस



पहिलोपोस्ट

बाजुराको बुढीगंगामा पुनः मतदान गर्ने आयोगको निर्णय, सिडिओ र प्रहरीलाई कारबाही सिफारिस

काठमाडौँः निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेर निर्वाचनको स्वच्छतामा प्रश्न उठेको भन्दै आयोगले पुनः मतदानको निर्णय गरेको हो। 

पुनः मतदानको मिति भने तोकिएको छैन। नगरपालिकाको सम्पूर्ण मतदान प्रक्रिया रद्दको निर्णय आयोगले गरेको हो। 

आयोगले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझा, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई विभागीय कारबाहीका लागि सिफारिस समेत गरेको छ। आयोगले तीनै जनालाई तीन दिनभित्र हटाइ नयाँ कर्मचारी प्रबन्ध गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 

उक्त नगरपालिकामा नेकपा (एमाले) ले बुठ्ठ कब्जा गरेको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell