PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौं महानगरमा कोरोनाविरुद्धको खोप पुनः सुरु



पहिलोपोस्ट

काठमाडौं महानगरमा कोरोनाविरुद्धको खोप पुनः सुरु

काठमाडौंः काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ। महानगरले बिहीबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिने स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।

उनका अनुसार मोडर्ना र फाइजर खोप दिइने छ। महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उनले बताए। खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell