PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

मतदातालाई धन्यवाद दिन यसरी निस्किए नवनिर्वाचित मेयर बालेन, सुमन सायमि पनि सँगसँगै

मतदातालाई धन्यवाद दिन यसरी निस्किए नवनिर्वाचित मेयर बालेन, सुमन सायमि पनि सँगसँगै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरको मेयरमा निर्विचित भएपछि वालेन्द्र साह 'बालेन' मतदातालाई धन्यवाद दिन र्‍यालीसहित निस्किएका छन्। केहीबेर अघि राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका हुन्।

बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी छन्। धन्यवाद र्‍याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कारीडोर हुँदै तीनकुने पुग्ने र त्यहाँबाट जटिबुटी, पेप्सिकोला, कोटेश्वर, सिनामंगल, एअरपोर्ट पुग्ने तालिका रहेको छ। त्यहाँबाट मेयरको टोली तिलगंगा, गौशाला, चाबहिल, महाराजगंज, बालाजु, स्वयंभु, कलंकी, बल्खु, कुलेश्वर हुँदै खुल्ला मन्च आइपुग्ने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell