PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कञ्चन गाउँपालिकाका अध्यक्ष र भूमि मन्त्री श्रेष्ठबिच छलफल, सुकुम्बासी समस्या समाधान गर्न सहयोग माग



पहिलोपोस्ट

कञ्चन गाउँपालिकाका अध्यक्ष र भूमि मन्त्री श्रेष्ठबिच छलफल, सुकुम्बासी समस्या समाधान गर्न सहयोग माग

काठमाडौं : स्थानीय तह निर्वाचनमा निर्वाचित भएर पदभार ग्रहण गरेसँगै रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षसहितको टोली र भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठबिच भेटवार्ता भएको छ।

गाउँपालिकामा बस्दै आएका सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिने विषयमा छलफल गर्न टोली काठमाडौं आएको थियो। यही विषयमा मन्त्री श्रेष्ठसँग उनीहरुले भेट गरेका थिए।

भेटका क्रममा अध्यक्ष ढकालले गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीको समस्या समाधानका लागि नापी कार्य थालनीको लागि सहयोग गर्न मन्त्री श्रेष्ठ समक्ष अनुरोध गरेका थिए। श्रेष्ठले भने मन्त्रालय मातहतका सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

ढकाल नेतृत्वको टोलीले राष्ट्रिय भूमि आयोगका अध्यक्ष , उपाध्यक्ष लगायतका पदाधिकारीहरु सँगसमेत छलफल गरेको छ। छलफलका क्रममा आयोगले जग्गा नापजाँचका लागि दक्ष जनशक्ति र प्रविधिको सहयोग गर्ने जनाएको छ।

ढकालले निर्वाचित भएको १०० दिन भित्र अव्यवस्थित बसोबास गरेका सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गर्ने प्रतिवद्धता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell