PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संसदमा एमाले सांसद र मन्त्रीबिचको जुहारी : यसरी चल्यो नोकझोक, शब्दशब्दलाई लिएर आरोप प्रत्यारोप



पहिलोपोस्ट

संसदमा एमाले सांसद र मन्त्रीबिचको जुहारी : यसरी चल्यो नोकझोक, शब्दशब्दलाई लिएर आरोप प्रत्यारोप

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका सांसदहरु बिच प्रतिनिधि सभाको बैठकमा नोकझोक भएको छ। बडुले संसद बैठकको सुरुवातमै सार्वजनिक महत्वका विषयमा बोल्न समय मागेका थिए।

सभामुख अग्‍निप्रसाद सापकोटाले बडूलाई समय दिएपछि मन्त्री उनले बिचार राख्न थाले। बडूले आफ्नो मन्तव्यको १३ मिनेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि एमालेका सांसद खगराज अधिकारले उठेर बिरोध गरे।

बडुले भनेका थिए- 'आधारहीन र झुट्टा सन्देश सम्प्रेषण गर्नु प्रतिपक्षी दलको नेतालाई आरोप पुष्टि गर्न चुनौति दिन्छु।'

अधिकारले बडूको उक्त भाषालाई लिएर विरोध गरेपछि एमालेका अरु सांसदहरु पनि उठेर बिरोध जनाए। अधिकारीले एकछिन बोलेर रोकिएपछि फेरि मन्त्री बडू बोल्न थाले। तर, एमालेको विरोध चर्को हुन थालेपछि सापकोटाले फेरि मन्त्रीलाई रोके।

'स्तरहीन शब्दवली प्रयोग गर्न नपाइने हुँदाहुँदै प्रमुख प्रतिपक्ष दलको नेताले बोलेको कुरा रेकर्ड खोलेर हेरियोस्। जथाभावी मन्त्रीहरुलाई बोल्न पनि छुट छैन्। शब्द फिर्ता लिनुस,' चर्को स्वरमा अधिकारीले भने।

फेरि मन्त्री बडूले बोल्ने समय पाएपछि उनले आफ्नो भनाइ अगाडी बढाए। 'जनताको हितमा गरिने हरेक सत्कार्यमा दुर्नियत मात्रै देख्दा साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ।'

यसपछि भने एमालेका सांसदहरु झनै चर्किए।

'आफू सत्तामा हुदा कमिसनै कमिसनमा डुबेको' बडूले आरोप लगाएपछि भने एमाले झन् आक्रामक बन्यो। 

मन्त्रीले बोलिसकेपछि फेरि अधिकारीले बोल्न थाले।

'सरकारको मन्त्रीले यस्तो बोल्नु भएन। हाम्रो बिरोध जारी रहन्छ। उहाँले यो फिर्ता नलिउन्जेल हामी उभिरहन्छौं। संसदीय समिति फिर्ता। कमिसन खाने मन्त्रीले यो बोल्नु स्वभाविक छैन्,' अधिकारीले भने।

यसपछि भने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्न खोजे। तर, एमालेकै सांसदले उनलाई बोल्न रोके। सभामुख सापकोटाले विशाल भट्टराईकै नाम लिएर ३ मिनेटको समय दिएपछि बल्ल भट्टराईले आफ्नो बिचार राखे।

'आज विशेष समय लिएर जेजस्ता भाषा प्रयोग गर्नुभयो। हामीले अवरोध गर्दा संसदको गरिमा घट्यो भन्नुभयो। हाम्रो विचार यहाँ र सार्वजनिक रुपमा पनि राख्यौं। यो संसद चलाउँ भनेर हामीले भन्यौं। प्रमुख प्रतिपक्षी दलका नेतालाई आक्षेप लगाउने,' भट्टराईले भने, 'सडकमा पनि बोल्न नमिल्ने कुरा बोल्नु'भो। प्रमुख प्रतिपक्षी दलका नेतालाई जुन किसिमको आरोप लगाएकोमा रेकर्डबाट हटाए  मात्रै सदन अगाडि बढ्नसक्छ। समितिले निर्माण गरौं। त्यो स्वीकार्न एमाले तयार छ। मन्त्रीले आफ्नो पदलाई दाउमा राखेर बोल्न पाइदैन।' 

फेरि सभामुखले मन्त्रीलाई समय दिए। एमालेका सांसदहरुलाई उनले रेकर्ड हेरेर निर्णय गर्ने भन्दै आस्वस्त पार्न खोजे पनि एमालेले भने विरोध जारी राख्यो।

अधिकारीले फेरि बोल्न थाले - 'माननीय मन्त्रीले भनेको कुरामा एमाले र जानकार नभएका मन्त्रीले जे पायो त्यहीँ असंसदीय भाषामा। हामी छानबिनका लागि तयार छौं। मानीय मन्त्रीले आपत्ति जनक शब्द बिरोध रहन्छ।' 

यसपछि मन्त्री बडूले स्पष्टीकरण दिए।

'आयल निगमलाई खारेज गरेर आधा कमिसन खायो, आधा बाँकी छ भन्ने निराधार र आधारहीन झुटा आरोप लगाएको छ। यो आपत्तिजनक छ। यो झुट छ। यसकारण भनेको छु। गरिम बाँच्यो कि सकियो? यसका प्रति मेरो टिप्पणी छ। नेपाल आयल निगमलाई खारेज गरेर कमिसन र कमिसन खायो के आधारले भन्यो? यो किन भन्न नपाउने? यो तहको नेताबाट झुटा आरोप लगाउन पाइँदैन। यस बाहेक मेरो उहाँप्रति सम्मान छ त्यो रहन्छ,' बडूको भनाइ थियो। 

एमालेले विरोध कायमै राखेपछि सभामखुले १५ मिनेटका लागि बैठक स्थगित गरे। एमालेका अरु सांसदहरुले उठेर विरोध गरिरहेको भए पनि 
सुवास नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेल भने अघिल्लो लहरको कुर्सीमै बसिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell