बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट इन्धन लोड गरि हिँड्न लागेका दुई वटा ट्यांकरमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्त नवरत्न पौडेलले लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको जानकारी दिए।
आगो नियन्त्रणको लागि ३ वटा दमकल घटनास्थलमा पुगेका छन्। पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरका दमकलले आगो नियन्त्रणको प्रसार जारी राखेको बताए।