PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

नवनिर्वाचित मेयर बालेनको उद्घोष : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउँछु

नवनिर्वाचित मेयर बालेनको उद्घोष : काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउँछु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा नवनिर्विचित भएपछि बालेन्द्र साह ‘बालेन’ मतदातालाई धन्यवाद दिन र्‍यालीसहित निस्किए। राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका थिए।

बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी थिए। धन्यवाद र्‍याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर हुँदै तीनकुने र त्यहाँबाट जटिबुटी, पेप्सिकोला, कोटेश्वर, सिनामंगल, एअरपोर्ट पुगेको थियो।

त्यहाँबाट मेयरको टोली तिलगंगा, गौशाला, चाबहिल, महाराजगंज, बालाजु, स्वयंभु, कलंकी, बल्खु, कुलेश्वर हुँदै खुल्ला मञ्च आइपुगेको थियो। खुल्लामा नवनिर्वाचित मेयर बालेनले काठमाडौंको मुहार फेर्ने बताए। उनले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने पनि बताए।



ट्रेन्डिङ पोस्ट

Ncell