PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

निजगढ बनाउन रोकेकोमा झाँक्रीले सर्वोच्चमाथि उठाइन् प्रश्न : कसैको प्रभावमा परेर भएको निर्णय हो कि?



पहिलोपोस्ट

निजगढ बनाउन रोकेकोमा झाँक्रीले सर्वोच्चमाथि उठाइन् प्रश्न : कसैको प्रभावमा परेर भएको निर्णय हो कि?

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल निर्माण रोक्न सर्वोच्च अदालतले दिएको आदेश कसैको प्रभावमा परेर गरिएको निर्णय भएको आरोप लगाएकी छिन्।

शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा सम्बोधन गर्ने क्रममा झाँक्रीले सर्वोच्चले गरेको निर्णय कुन आधारमा टेकेर गरिएको हो भन्दै प्रश्न गरेकी हुन्।

 ‘अदालतले निजगढ नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ। ८ हजार कि कति हेक्टरमा रुख फाँड्ने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ। त्यहाँ अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ। यदी त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ,’ उनले भनिन्।

उनले न्यायालयमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै सबै न्यायाधीश प्रधानन्यायाधीश बन्ने लाइनमा भएको भन्दै उनीहरुलाई संसद फेस गर्न चुनौती दिएकी छिन्। सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताउनु भयो ।

‘न्यायालय पनि आज प्रश्न भन्दा बाहिर छैन नि। प्रत्येक न्यायाधीशहरु यदी प्रधानन्यायाधीश हुने लाइनमा छन् भने संसदमा आएर फेस गर्नुपर्छ। त्यो भनेको पब्लिकलाई फेस गर्नु हो। हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो,’ झाँक्रीले भनिन्, ‘श्रीमानहरुले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो? नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरु यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरु कतैबाट प्रभावित भएर यो काम गरिाख्नुभएको छ कि ?’

सर्वोच्च अदालतले बिहीवार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सबै कार्य रोक्न निर्देशन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell