PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

निजी विद्यालयलाई १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयलाई नेशनल प्याब्सनको आग्रह



रासस

निजी विद्यालयलाई १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयलाई नेशनल प्याब्सनको आग्रह

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।

नेशनल प्याब्सनले आज पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतम पाँच प्रतिशत, नगरपालिकामा १० प्रतिशत, महानगर र उपमहानगरमा १५ प्रतिशत कर लगाउन आग्रह गरेको हो। हाल २५ प्रतिशत कर लगाइने गरिएको छ।

पत्रकार सम्मेलनमा एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले आर्थिक स्थितिका कारण निजी विद्यालय अप्ठ्यारोमा परेकाले विशेष संरक्षण र छुट दिन सरकारसँग माग गरिएको बताए। उनले आइतवार सरकारी बिदा भए पनि आफूहरुले उक्त दिन विद्यालय नियमित सञ्चालन गराउने अवगत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell