PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्थानीय तह निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भयो : पूर्व मुख्यमन्त्री शाक्य



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भयो : पूर्व मुख्यमन्त्री शाक्य

हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा सत्ता र शक्तिको सम्पूर्ण दुरुपयोग भएको आरोप लगाएकी छिन्।

वाग्मती प्रदेशसभाको १०औँ अधिवेशनका क्रममा शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी हुन्। उनले ५ दलिय गठबन्धनले एमाले एक्लैसँग प्रतिस्पर्दा गर्नको लागि निर्वाचन आचारसंहिता विपरितको कामहरु गरेको बताइन्।

‘नेकपा एमाले सत्ता र शक्तिको गठबन्धनसँग जुधेर अगाडि बढ्यो, गठबन्धनले शक्तिले कसरी दुरुपयोग गर्दो रहेछ यो स्थानीय तहको निर्वाचनले देखाएको छ, निर्वाचन अयोगमा आचरसंहिता नमानेका सत्ता गठबन्धनका नेताहरुलाई जनताले बुझेको छ। एक्लै एमाले लड्दाखेरी जेजे भोग्नुपर्‍यो तर, लोकतन्त्रमाथि उठेका प्रश्न सत्तागठबन्धनले छातीमा हात राखेर आफैँलाई प्रश्न गरेर हेर्नुस्,’ उनले भनिन्।

उनले प्रदेशसभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्रमाथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताइन्। उनले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागि परेको बताइन्।

उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन्। उनले देशभर उच्च मूल्यवृद्धि भएको बताइन्। देशभर उच्च महँगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको बताउँदै केन्द्र सरकार के गरेर बसिरहेको भन्दै उनले प्रश्न समेत गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell