PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित छन् : ईन्द्र बानियाँ



पहिलोपोस्ट

अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित छन् : ईन्द्र बानियाँ

हेटौँडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बानियाँले व्यक्ति राम्रो भए जनताले नै प्रतिनिधि चुन्ने बताएका छन्।

वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा बानियाँले धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र काठमाडौं महानगरपालिकामा वालेन्द्र शाहको उदाहरण दिँदै अघिल्लो सरकारको गतिविधिप्रति जनता आक्रोशित भएको दावी गरे।

‘काठमाडौंमा हिजो कुन पार्टीका थिए? धरानमा कुन पार्टीले जिम्मेवारी लिइरहेको थियो? आज गठबन्धन सरकार पहिलो दल बन्न सफल भएको छ, भर्खरै बनेका दलहरुले पनि राम्रो महानगरपालिका र उपमहानगरपालिका लिन सकिरहेको छ। पाँच दलीय गठबन्धनसँग हामी एक्लै लड्यौँ भनेका छन्, बाटोमा जो भेट्यो त्यहिसँग गठबन्धन गरेको छ, अलिकति भन्न पनि सोच्नुपर्छ, प्रतिपक्ष र सत्तापक्ष हुँदा के गर्ने जिम्मेवार भएर काम गर्न सक्नुपर्छ,’ उनले भने।

उनले प्रदेशको गरिमा घटाएर प्रदेश सदस्यहरु स्थानीय तहमा जाँदा प्रदेशको महत्व गणतन्त्रको महत्वमा पार्टीले ध्यान नदिएको अनुभूति भएको बताए। उनले व्यवस्थालाई स्थायीत्व दिने र जनतालाई शान्ति दिने अभियानमा लाग्नुपर्ने बताए।

हालै सम्पन्न स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा केन्द्र सरकारलाई धन्यवाद व्यक्त गर्दै उनले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि गठबन्धन भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell