PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

निष्ठापूर्वक लागियो भने पारिवारिक विरासत नभएपनि नागरिकहरुले पत्याउने रहेछन् : रमेश पौड्याल



पहिलोपोस्ट

निष्ठापूर्वक लागियो भने पारिवारिक विरासत नभएपनि नागरिकहरुले पत्याउने रहेछन् : रमेश पौड्याल

हेटौँडा : विवेकशील साझा पार्टी वाग्मती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले निष्ठापूर्वक लागिरहे नागरिकहरुले पत्याउने रहेछन् भन्ने उदाहरण स्थानीय तह निर्वाचनमा निर्वाचित भएका स्वतन्त्र उम्मेद्वारहरुले देखाएको बताए।

वाग्मती प्रदेश सभाको १०औँ अधिवेशनमा उनले काठमाडौं महानगरपालिकामा निर्वाचित बालेन शाहले विजय उत्सव मनाइरहँदा त्यसले धेरै पाठहरु सिकाएको बताएका हुन्।

‘बालेन शाह, हर्क साम्पाङ विजय भइरहँदा मलाई के लाग्छ भने यदि साँच्चिकै निष्ठापूर्वक लागियो भने कुनै पारिवारिक विरासत नभएपनि नागरिकहरुले पत्याउने रहेछन्, कुनै ठूलो पार्टीका ठूलो नेताको आर्शिवाद नपाएपनि नागरिकहरुले पत्याउने रहेछन्। पार्टी भित्रका ‘बा’हरु र ‘दाई’हरुले हात डोहोराएर नल्याएका भएपनि नागरिकहरुले पत्याउने रहेछन्, त्यसैगरी करोडौँ करोड खर्च गर्ने हैसियत हँदा खर्च नगर्दापनि नागरिकहरुले पत्याउँने रहेछन भन्ने सन्देश दिएको छ। यो सन्देश पाँच वर्ष अगाडि रञ्जु दर्शना र किशोर थापाहरुले एक ढंगले काठमाडौं महानगरमा दिएका थिए। बालेन शाहको महानगरको मेयरमा उदय हुँदै गर्दा यो कुनै सामान्य घटना होइन,’ उनले भने।

उनले नेपालको ७७ जिल्लाका मान्छेहरु उपस्थित भएको काठमाडौं महानगरको नेतृत्व एकजना युवाले स्वतन्त्र हैसियतमा लिँदै गर्दा यसबाट गहन पाठ अहिलेको नयाँ पुस्ताले लिनुपर्ने बताए।

पौड्यालले नेपालमा अर्थतन्त्र तहसनहस भइरहेको, महँगीले आम नागरिकको ढाड सेकाएको र हजारौँ युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था भइरहँदा अबको आउँदो छ महिनामा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा निष्ठापूर्वक लागेन भने बालेन जस्ता युवाहरु जन्मने उनले बताएका छन्।

उनले लुटतन्त्र पंक्ति एउटा पक्षमा र अर्को पक्षमा युवा पंक्ति असली र लोकतन्त्रको पक्षमा उभिने समय आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell