PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रि-बजेट पेश भएपछि भोलि बिहानसम्मको लागि वाग्मती प्रदेशसभा बैठक स्थगित



पहिलोपोस्ट

प्रि-बजेट पेश भएपछि भोलि बिहानसम्मको लागि वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौँडा : आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि-बजेट पेश भएपछि वाग्मती प्रदेशसभाको १०औँ अधिवेशन बैठक स्थगित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि-बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन्।

सभामुख श्रेष्ठले अर्को बैठक भोलि बिहान ११ बजेको लागि आह्वानसमेत गरेका छन्। भोलि बस्ने बैठकमा प्रि-बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो।

सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो। प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका हुन्।

युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरका छन्।

प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसद्मा पेश गरिएको छ। सदनमा पेश भएका अध्यादेशहरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell