PahiloPost

Jun 16, 2026 | २ असार २०८३

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोग गोदावरी नगरपालिकाका ५ जना विरुद्ध मुद्दा



रासस

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोग गोदावरी नगरपालिकाका ५ जना विरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको पाइएको छ। आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट विरुद्ध सात लाख ६७ हजार ९८८ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध २४ लाख ५१ हजार ५२६ रुपैयाँ, तत्कालिन इञ्जिनीयर पूर्ण कुँवरविरुद्ध ३२ लाख १९ हजार ५१४ रुपैयाँ, ल्याब टेक्निसियन धनबहादुर विष्टविरुद्ध २९ लाख २८ हजार १६८ रुपैयाँ र निर्माण व्यवसायी कामी शेर्पाविरुद्ध २९ लाख २८ हजार २७४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell