PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

बलात्कार मुद्दाको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव, कसरी अघि बढ्छ प्रक्रिया?



पहिलोपोस्ट

बलात्कार मुद्दाको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव, कसरी अघि बढ्छ प्रक्रिया?

काठमाडौँः बलात्कार मुद्दाको जाहेरी दिने हदम्याद घटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेको प्रस्तावक राष्ट्रिय सभामा दर्ता भएको हो।

प्रस्तावको समर्थकमा विमला राई पौड्याल, प्रमिला कुमारी, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्। राष्ट्रिय सभा नियमावलीको नियम ७८ बमोजिम उक्त संकल्प प्रस्ताव दर्ता भएको हो।

घटना भएको समयमा शारिरीक तथा मानसिक अवस्थाका कारण तत्काल उजुरी दिन सम्भव नहुने भएकाले हदम्यादको व्यवस्था हटाउन माग गरिएको छ।

संकल्प प्रस्तावमा बालबालिका सम्बन्धी ऐनको दफा ७४ र मुलुकी अपराध संहिताको दफा २१९(२) को हदम्यादको व्यवस्था हटाउन माग गरिएको छ। हदम्यादसम्बन्धी व्यवस्था पूर्णरुपमा हटाउन प्रस्तावमा माग गरिएको छ।

दर्ता प्रस्ताव सभाका सचिवाले सम्बन्धित शाखामा पठाउने छन्। सोपछि सचिवालयले विभागीय मन्त्रीसँगको परामर्शमा प्रस्ताव छलफलको प्रक्रिया अघि बढाउने छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रस्तावको विभागी मन्त्रालय हुने छ।

प्रस्तावमा प्रस्तावक र समर्थकले औचित्यबारे वक्तव्य दिएपछि विभागीय मन्त्रीले संसदमा जवाफ दिनपर्ने छ। साथै, संसद्ले उक्त प्रस्तावलाई स्वीकार गरे अघि बढाएमा कानुन संशोधनको संकल्प गरेको मानिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell