PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बेङ्ग्लोर बाहिरियो, बटलरको शतकको सहायतामा राजस्थान फाइनलमा



पहिलोपोस्ट

बेङ्ग्लोर बाहिरियो, बटलरको शतकको सहायतामा राजस्थान फाइनलमा
तस्बिर : आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो क्वालिफायर्सको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनल प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थानले फाइनलमा स्थान सुरक्षित गरेको हो।

टस हारेर ब्याटीङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेङ्ग्लोरका लागि रजत पाटिदरले सर्वाधिक ५८ रन बनाउँदा कप्तान फाफ डुप्लिसिसले २५, ग्लेन म्याक्सवेलले २४ तथा शहबाज आलमले अविजित १२ रनको योगदान दिए।

बलिङतर्फ राजस्थानका प्रसिद कृष्णा र ओबेड म्याककोएले समान ३ विकेट लिँदा ट्रेन्ट बोल्ट र रबिचन्द्रन अश्विनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०६ रन बनाउँदा कप्तान सञ्जु सामसनले २३ तथा यशस्वी जसवालले २१ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुडले २ तथा वानिन्दु हसरंगाले १ विकेट लिए।

जितसँगै फाइनल प्रवेश गरेको राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell