PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले धाँधली गरेको आरोप लगाएका ओलीलाई प्रचण्डको जवाफ : हारेको लज्जास्पद अन्तर्घातका कारण हो कि सरकारले गर्दा?



पहिलोपोस्ट

सरकारले धाँधली गरेको आरोप लगाएका ओलीलाई प्रचण्डको जवाफ : हारेको लज्जास्पद अन्तर्घातका कारण हो कि सरकारले गर्दा?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा भए पनि नेताहरुबिचको घोचपेच पुरानै खालको भएको बताएका छन्। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै प्रचण्डले आलोचना र प्रतिआलोचना परम्परागत भएको बताएका हुन्।

'गम्भीर समस्यामा हिजो जसरी एकता गर्दै गएका थियौं। देशमा देखिएका समस्या समाधानका लागि साझा प्रतिवद्धता आवश्यक देखिएको छ। आलोचना प्रतिआलोचना जो देखियो। देश संकटमा छ पनि भनिराखेका छौं तर घोचपेच गर्ने शैली परम्परागत भन्दा फरक छैन्,'प्रचण्डको भनाइ छ।

उनले स्थानीय तह निर्वाचनमा कसको कति सिट घट्यो बढ्यो भन्ने ठुलो कुरा नभएको बताए। भने,'कसको घट्यो कसको बढ्यो भन्दा पनि लोकतन्त्रिक गणतन्त्रमा अगाडि बढ्दै छौं कि छैनौं। कुनै राजनीतिक दलले केही सिट बढी र केही घटी ल्याउनु त्यति ठूलो होइन। लोकतन्त्रिक गणतन्त्र कार्यान्वयनमा गयो कि गएन भन्ने ठुलो कुरा हो,'प्रचण्डले भने। 

एकै पटक ७५३ स्थानीय तहमा पहिलोपटक भएको निर्वाचन सफल भएको प्रचण्डले बताए। उनले निर्वाचनका क्रममा केही घटना भएको र त्यसैलाई नै लिएर केहीले अतिरन्जित गर्ने प्रयास भइरहेको आरोप लगाए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा निर्वाचन असफल भएको आरोप लगाएको प्रचण्डको टिप्पणी गरे। 'लज्जास्पद अन्तर्घातका कारण हार भयो भन्ने कुरा मुख्य हो कि सदनमा भनेको कुरा मुख्य हो? त्यो चाहि प्रष्ट भएको देखिएन,'ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने। सरकारले निर्वाचनमा धाँधली गरेको भन्ने ओलीको आरोपमाथि प्रचण्डले टिप्पणी गरेका हुन्।

'नतिजा आफ्नो पक्षमा नदेखिने स्थितिमा सरकारमाथि धारे हात लगाउने काम ठिक भएन,'उनले भने। मत गणना ढिलो हुँदै जाँदा परिणाम आफ्नो पक्षमा नदेखिएपछि दोषारोपण गर्नु ठिक नभएको प्रचण्डको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell