PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादीको बैसाखी टेकेर ओली दुईपटक प्रधानमन्त्री बनेको प्रचण्डको आरोप,'फेरि प्रधानमन्त्री बनेर दखाउनुस त?'



पहिलोपोस्ट

माओवादीको बैसाखी टेकेर ओली दुईपटक प्रधानमन्त्री बनेको प्रचण्डको आरोप,'फेरि प्रधानमन्त्री बनेर दखाउनुस त?'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीको बैसाखी टेकेर मात्रै दुई पटक प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चेतावनी दिए।

प्रचण्डले ओलीले फेरि पनि दम्भ देखाइरहेको समेत बताए। उनले पहिलो पटक ओली आफ्नो सहयोगमा र दोस्रो पटक माओवादी केन्द्रको भोटको सहयोगमा प्रधानमन्त्री बनेको बताएका हुन्। उनले ओलीले शब्दवाण प्रहार गरेकोमा आफू चिन्तित भएको बताए। 

'प्रतिपक्षी दलको नेताको हिसावले उहाँले जनतालाई धम्काएको भएर धेरै मत दियो भन्नुभयो। मलाई त उहाँको बोलिले चितवनका र देश भरका जनताका अपमान भएको जस्तो लागेको छ। मैले त सोचेकै थिए यतिका धेरै भएको थियो,'प्रचण्डले भने,'मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगकै भरमा प्रधानमन्त्री हुनु भएको हो। पहिलो पटक पनि माओवादीको वैसाखीमा प्रधानमन्त्री बन्नु भएको हो। फेरि पनि मेरै सहयोगमा प्रधानमन्त्री बन्नुभएको हो। फेरि प्रधानमन्त्री बनेर देखाउनुस त। फेरि बालकोट जानुपर्‍यो आफ्नै पार्टी फुटाएर। भए भरका सातै प्रदेशका सरकार पनि गुम्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell