PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्छ : गगन थापा



पहिलोपोस्ट

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्यामा पर्न थालेको भन्दै व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आज भइरहेको नीति तथा कार्यक्रमबारे छलफलमा भाग दिँदै उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए।

हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने उनले बताए। आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिन उनले आग्रह गरेका छन्।

बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन्।

साथै, स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell