PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

बालेन र हर्क राईलाई प्रचण्डले के भने? जनकपुरका मेयर साह र धनगढीका हमाल स्वतन्त्र नभएको दाबी



पहिलोपोस्ट

बालेन र हर्क राईलाई प्रचण्डले के भने? जनकपुरका मेयर साह र धनगढीका हमाल स्वतन्त्र नभएको दाबी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई मात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन्। स्थानीय तह निर्वाचनमा अन्य क्षेत्रबाट निर्वाचित स्वतन्त्र उम्मेदवारहरु स्वतन्त्र नभएको उनको दाबी थियो। 

शनिवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले जनकपुर उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित मनोज साह र धनगढी उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित गोपी हमाल पार्टीकै उम्मेदवार भएको बताएका हुन्। उनले हमाल र साहको विजय र्‍यालीमा दलका नेताहरु नै देखिनुले पनि उनीहरु स्वतन्त्र नभएको पुष्टि भएको बताए।

'अहिल स्वतन्त्र उम्मेदवार विजयी भए पार्टीका उम्मेदवार भए भन्ने छ। स्वतन्त्र भनेर स्वतन्त्र मान्छे सबैं ठाउँमा भएको छैन्। काठमाडौं र धरानमा दुई जना स्वतन्त्र हुन बाँकी स्वतन्त्र होइनन्। जनकपुरका देख्नुयभयो नेपाली कांग्रेसका नेताहरु नै विजय जुलुसमा हिँड्नुभयो। धनगढीमा पनि पार्टीकै मान्छै छन्,'प्रचण्डले भने। 

राई र साह भिन्न विचार र प्रवृति सहित स्थानीय सरकारमा आएको प्रचण्डले बताए। उनीहरु विशिष्ट खालको परिवेशमा आएको प्रचण्डकझ मत छ। 

'दुई जना युवाहरु विशिष्ट खालको छ। अरु स्वतन्त्र थप्न जरुरी छैन। लोकतान्त्रिक गणतन्त्रको फूलबारी भित्र फेरि दुई फूल फक्रिएको देख्छु म,'उनले भने।

राजनीतिक दलहरुलाई स्वतन्त्रको जितले सच्चिन सन्देश दिएको भए पनि दलहरुलाई नै चुनौती भने नभएको प्रचण्डको दाबी छ। 

'राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा ध्यानदिनु पर्ने देखिन्छ तर राजनीतिक दलहहरुलाई नै चुनौती छ भन्ने सहि होइन,'प्रचण्डले भने।

प्रचण्डले राई र साहलाई सबैको सहमति जुटाएर अघि बढ्न सुझाव दिएका छन्। उनले विभिन्न शक्तिकेन्द्रहरुले स्वतन्त्र तर्फबाट चुनाव जितेकाहरुलाई घेराबन्दीमा पार्न सक्ने खतरा भएको बताए। स्वतन्त्र उम्मेदवारहरु विभिन्न राजनीतिक कालखण्डमा देखिए पनि पछि आफ्नो एजेण्डामा टिक्न नसक्ने उदाहरण रहेको भन्दै प्रचण्डले आफ्नो विचारमा अडिग रहन स्वतन्त्रलाई चुनौती हुने बताए।

भने,'यस्ता पात्रहरु कुनै खास खास कालखण्डमा देखा पर्ने गर्छन्। जनताका अघि गरेका कमिटमेन्टहरुमा जनताका अघि अडिरहन सक्ने हुन्छन् कि हुदैनन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell