PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय बनिन् गिताञ्जली श्री



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय बनिन् गिताञ्जली श्री
Photo : PA MEDIA

भारतीय लेखिका गिताञ्जली श्रीलाई यस वर्षको अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्रदान गरिने भएको छ। उनको उपन्यास ‘टब अफ स्यान्ड’ का लागि उनलाई पुरस्कृत गर्न लागिएको बीबीसीले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने गिताञ्जली भारतकै पहिलो लेखक हुन्। उनले बुकर पुरस्कार ग्रहण गरेपछि आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन्।

‘मैले बुकर जित्ने कहिलै सोचेको थिएन। मलाई लाग्दैन थियो म सक्छु। यो ठूलो सम्न हो,’ उनले भनिन्।

बुकर पुरस्कारबाट प्राप्त हुने नगद श्री र उनको उपन्यासको अनुवाद गर्नेबिच बाँडिनेछ।

अन्तर्राष्ट्रिय बुकर पुरस्कार हरेक वर्ष अंग्रेजीमा अनुवाद भएको एक पुस्तकलाई दिइने गरिन्छ। यसरी पुरस्कृत हुने पुस्तक भने बेलायत वा आयरल्यान्डमा प्रकाशित भएको हुनुपर्छ।

श्रीको उपन्यासको हिन्दी संस्करण सन् २०१८ मा प्रकाशति भएको थियो। हिन्दीमा उक्त उपन्यासको नाम रेत समाधी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell