PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एमालेको विरोधलाई तालाचाबी, दानवीर बलीलाई 'दानवीर ओली' र बलिदानलाई अब 'ओलीदान' बनाउन माग



पहिलोपोस्ट

एमालेको विरोधलाई तालाचाबी, दानवीर बलीलाई 'दानवीर ओली' र बलिदानलाई अब 'ओलीदान' बनाउन माग

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल चलिरहेको छ। विभिन्न दलका सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन्। स्थानीय तह निर्वाचनको परिणाम, मुल्यवृद्धी लगायतका कारण संसदमा एकअर्काको दलप्रति सांसदहरुले घोचपेच गरिरहेका छन्।

केहीदिन यता मुख्यगरि निर्वाचन परिणामले तातिरहेको संसद बैठकमा शनिवार भने अलि अनौठो दृश्य पनि देखियो। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको विरोध गरे। उनको विरोध अलि रचनात्मक देखियो। एमालले संसदमा शुक्रवार गरेको अवरोध प्रति महतले आक्रोश व्यक्त गरेका थिए।

सुरुमा सरकारको नीति तथा कार्यक्रममा पूर्ण समर्थन रहेको जानकारी गराएका महतले त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्याकर्षण गराए। 'जुम्लाको दु:खद् खबर छ। तातोपानी ३ मा गठबन्धन भित्रकै ठूलो दल प्रधानमन्त्री ज्यूका कार्यकर्ताले आफू विजयी भइ उन्माद भएर आएका कार्यकर्ताले माओवादीका कार्यकर्ता धर्मराज थापालाई ढुंगाले हानी उहाँ अहिले जीवन मरणको दोसाधमा हुनुहुन्छ। हान्नेमाथि अहिले पनि मुद्दा चलाइएको छैन्,'महतले भने।

जुम्लाको घटना जानकारी गराएपछि महत सोझै एमालेको अवरोधको विरोधबारे बोले। उनले सुरुमा आफू संसदमा सानो स्वर गरेर बोलिरहेको बताए। कारण-ठुलो स्वर गरेर बोले एमलेका सांसदले बोल्न नदिने हुनकी भन्ने डर भएको महतले बताए। 

महतले त्यसपछि ओलीले बिहीवारको बैठकमा ३ घण्टा बोलेको विषय जोडे। त्यसपछि उनले खल्तिबाट ताला र चावी ल्याएको र त्यो सभामुखलाई दिने बताए। 'उहाँहरु ३ घण्टा मज्जाले गाली गर्नुहुन्छ त्यसपछि उहाँहरु अवरोध गर्नुहुन्छ। ताला लगाउन खोज्नुहुन्छ। त्यसैले सभामुख मोहदय उहाँहरु बोल्नुहोला त्यसपछि तालाचाबी लगाइदिनुहोला। बोल्न मन लागेको बेला खोल्नुहोला र अरु बेला बन्द गर्नुहोला। अब तपाईंहरुकै मनोपोली छ,'महतले भने। उनले तालाचाबी देखाएपछि भने नेकपा एमालेका सांसदहरु हाँसेका थिए। 

गाली गर्नेलाई ३ घण्टा कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट?

एमालेको अवरोध प्रति महतले फरक शैलीबाट विरोध मात्रै गरेनन्। उनले ओलीले झण्डै ३ घण्टा संसदलाई सम्बोधन गरेर गाली मात्रै गरेको आरोप लगाए।

उनले सभामुख सापकोटालाई प्रश्न गर्दै भने,'गाली गर्नेलाई ३ घण्टा छ। कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ। त्यसो भएको हुनाले मलाई अलि गाह्रो भइरहेको छ कसरी बोल्ने के बोल्ने।' उनले यसो भनेपछि भने सांसदहरु गलल हाँसेका थिए। 

उनले दुईवटा शब्द सच्याउन माग गरे। 'दानवीर वली' शब्दकोशबाट सच्याउन महतले माग गरे। 'दानविर वली लाई सच्याएर दान वीर ओली राख्नुपर्यो,'उनले भने। बलिदानलाई पनि सच्याउन उनको माग छ। उनले यसलाई ‌ओलीदान राख्न माग गरे। 

बलिदान ओलीले नस्वीकार्ने भएकाले ओलीदान राख्नुपर्ने महतको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell