PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

मृत्यु सङ्ख्या शून्य तर पनि कोरोना सङ्क्रमण भने अझै शून्यमा आउन सकेन, २४ घण्टामा ८ जना सङ्क्रमित थपिए



पहिलोपोस्ट

मृत्यु सङ्ख्या शून्य तर पनि कोरोना सङ्क्रमण भने अझै शून्यमा आउन सकेन, २४ घण्टामा ८ जना सङ्क्रमित थपिए

काठमाडौः पछिल्लो केही महिनायता कोरोना संक्रमितको सङ्ख्या घट्दै गए पनि शून्यमा भने आउन सकेको छैन।

कोरोना सङ्क्रमणबाट मृत्यु दर भने शून्य आइसकेको छ। पछिल्लो २४ घण्टामा पनि थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९ सय ६९ जनामा गरिएको परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सोही अवधिमा १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या १ सय १४ रहेको छ।

हालसम्म ११ हजार ९ सय ५२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell