PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

ओलीको प्रश्नमा देउवाको जवाफः ‘एक चीन नीतिप्रति सरकार प्रतिवद्ध छ, चीनविरुद्ध सक्रिय संस्था मैले नै रोक लगाएको हो’



पहिलोपोस्ट

ओलीको प्रश्नमा देउवाको जवाफः ‘एक चीन नीतिप्रति सरकार प्रतिवद्ध छ, चीनविरुद्ध सक्रिय संस्था मैले नै रोक लगाएको हो’
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा विपक्षी दलका नेपाल केपी शर्मा ओलीले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले नेपाली भूमि छिमेकी भूमिविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको पनि बताए। 

जवाफका क्रममा देउवाले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ। छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ। विगतमा चीनविरुद्ध सक्रिय संस्थालाई म प्रधानमन्त्री भएको बेला रोक लगाएको स्मरण गराउन चाहन्छु।’

उनले बिआरआई लगायतका परियोजना मुलुकको आवश्यकता आधारमा निर्णय लिने बताए। यस्ता विषयमा सबै दलसँग सल्लाह गर्ने पनि उनको भनाई छ । 

यस्तै, देउवाले सरकार आफ्नो भूमिको रक्षा गर्न प्रतिवद्ध रहेको पनि बताए। लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको पनि उनले जवाफका क्रममा बताए।  

सीमा सम्बन्धी समस्या वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले जवाफका क्रममा बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell